नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् ।
पूर्वाधार विकास समितिको बुधबाररको बैठकमा बोल्दै सांसद सापकोटाले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा र हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको आरोप लगाए ।बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताएका हुन्।
‘हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले तपाईंहरुले अर्को अडिट सिस्टमबाट लैजानुभयो। त्यही कुरा त भन्नुपर्छ नि। विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो मन्त्रीज्युको कुरा अनुसार,’ उनले भने, ‘विद्युत प्राधिकरणको बहाल वाला एमडीलाई झिकाऔँ। कुलमानजीलाई झिकाऔँ। महालेखालाई ल्याऔँ। सबैभन्दा पहिलो कुरा हामी पारदर्शी ढंगले बुझौँ। हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ।’उनले प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताए। कुलमान दोषी भए कानुनअनुसार कारबाही गर्नुपर्ने सापकोटाको भनाइ छ।
































Discussion about this post