काठमाडौँ महानगरका मेयर बालेन शाहले महानगरका प्रवक्ता रहेका वडा न. १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको पाइएको छ। उनलाई जेठ ८ गते स्पष्टीकरण सोधिएको हो।
मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै १७ नम्बरका वडाध्यक्ष मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् । वडाध्यक्ष मानन्धर काठमाडौं महानगरपालिकाको प्रवक्ता हुन् ।
उनले आफूलाई मिडियामा मेयरविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको बताए । उनले नेपालप्रेससँग भने,‘म विभिन्न मिडियाहरुमा बोल्दै गर्दा मेयर साबकाे व्यक्तिगत चरित्र हत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउनु भएकाे रहेछ । उहाँकाे व्यक्तिगत हानी भयो भनेर स्पष्टीकरण सोधेको रहेछ ।’ उनका अनुसार उक्त स्पष्टीकरण ७ दिनभित्रमा चित्तबुझदो प्रष्टीकरण दिन भनिएको छ ।
आफूलाई अहिलेसम्म प्रवक्ताबाट नहटाएको बताउँदै उनले मेयर साहले के खोजेको पछि थाहा हुने बताए । उनले भने,‘ मैले राजीनामा दिने कुनै त्यस्तो तयारी छैन । अझै म्याद बाँकी नै छ । तर, मेयर साबले मेरो प्रवक्ताको जिम्मेवारीबाट राजीनामा खोजेको हो कि पछि थाहा हुन्छ ।’
यस विषयमा मेयर साहकाे सचिवालयमा बुझ्न खाेज्दा फोन उठेन ।




























Discussion about this post