Khabar Samachar

Search
Close this search box.

फलामको पुलको फलाम बेचेको आरोपमा वडाध्यक्ष पक्राउ

203
VIEWS

रोशी खोलमामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीलाई बिक्री गरेको आरोप उनी पक्राउ परेका हुन् ।

सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्री गरेको स्थानीयको आरोप छ ।

खोलामा रहेको पुल काटेर कबाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कबाडीवालाबीच केही विवाद भएको थियो । वडा अध्यक्षको निर्देशनमा सामान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।

सोही सूचनाका आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलीले रोशी- ७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति पुल लोड भएका बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो । साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ वर्ष ४७ का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ वर्ष ४० का रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाअध्यक्ष गौतमले भने नमोबुद्ध-६ को समेत समन्वयमा सामान उठाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित