Khabar Samachar

Search
Close this search box.

सप्तकोसीमा बेपत्ता गोताखोर सुरजको शव भेटियो

205
VIEWS

सप्तकोसी नदीमा ३ दिनदेखि बेपत्ता गोताखोर सुरज साउदको शव फेला परेको छ।

आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले नेपालखबरलाई जानकारी दिए।

उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।

उनीहरू शनिबार हुने डेमो प्रदर्शनका लागि अभ्यास गर्न बिहीबार सप्तकोसी नदीमा पसेका थिए। दुवै जना सशस्त्र प्रहरीका जवान हुन्।

तर अभ्यासको अन्तिम चरणमा नदीभित्र पसेका राजवंशी र साउद बेपत्ता भएका थिए। राजवंशी दुई वर्ष पहिले र साउद एक वर्ष पहिले गोताखोरको तालिम गरेर उद्धारमा खटिरहेका थिए।

तर त्यस दिन उनीहरूको सहायताका लागि प्रयोग गरिएको डोरी चुँडियो भने त्यसको केही बेरपछि अक्सिजनको सिलिन्डर पनि पानीमा तैरियो। अनि दुई जना नदीमै हराए।

राजवंशीको शव शुक्रबार नै राजविराजमा पोस्टमार्टमपछि आफन्तले लगेर दाहसंस्कार गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित