राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ ।
शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार इतर समूहले आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् । केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।






























Discussion about this post