Khabar Samachar

Search
Close this search box.

जनकपुरमा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या, आमा र भतिजी घाइते

118
VIEWS

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ भने दुईजना घाइते भएका छन्।

कटैयाचौरी भन्ने स्थान नजिकै धनुषाकै बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन्। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित