Khabar Samachar

Search
Close this search box.

बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु

201
VIEWS

बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।

बोलबम गएकी उनी ढुंगामा चिप्लेर खोलामा खसेकी थिइन्। चितवन घर भई कपन बस्दै आएकी उनी डुबेपछि अशक्त भएकी थिइन्।

उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित