मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसीअन्तर्गतका विद्युत् प्रसारणलाइन निर्माणसम्बन्धी सम्पूर्ण ठेक्का सम्झौता सम्पन्न गरेको छ।
शुक्रबार अन्तिम चरणको ११७ किलोमिटर खण्डको निर्माण सम्झौता गरेसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न गरेको हो।
सम्झौता कार्यान्वयनका सन्दर्भमा यो महत्त्वपूर्ण उपलब्धि रहेको एमसीएले जनाएको छ।
एमसीए–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सीफेदी सबस्टेसनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेसनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ।
























Discussion about this post