Khabar Samachar

काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने

207
VIEWS

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । त्यस्तै, स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता  पुरस्कारबाट हर्क साम्पाङ राईलाई  प्रदान गरिने भएको छ ।

 त्यस्तै, नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नलिज्म अवार्डबाट पूर्वेली न्यूज डटकम तथा  नेप्लिज डटकमका सम्पादक मणिराम दाहाल सम्मानित हुँदैछन् । पुरस्कारको राशी २५ हजारको रहेको छ । सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो बर्ष लक्ष्मी प्रतिष्ठान र तुलसादेवी फाउन्डेसनलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी पनि २५ हजार रहेको छ ।

साहित्य संगीत, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही  २५ हजारको दरले प्रदान गरिने भएको छ । यो पुरस्कार पाउनेमा साहित्यकार माया ठकुरी, गार्गी शर्मा, पप गायक ओमविक्रम विष्ट र भारतीय नेपाली साहित्यकार कृष्ण प्रधान रहेका छन् ।आयोजकका अनुसार यी पुरस्कार  नेपालमा रहनेलाई नेपालमै र अमेरिकामा रहनेलाई अमेरिकामै प्रदान गरिनेछ । भाषा साहित्य र संस्कृतिको जगेर्नाको निमित्त अमेरिकामा खोलिएको एन एन जे इन्टरटेन्मेन्टले सन् २००५ देखि अमेरिकामा निरन्तर सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित