Khabar Samachar

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागी भएकै छैन : गृहमन्त्री बालकृष्ण खाँण

202
VIEWS

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकासँगको स्टेट पार्टनरसीप कार्यक्रममा आबद्ध नभएको दावी गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खाँणले सो सम्झौतामा सहभागी हुने कुनै सोच समेत नभएको जनाए । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूकाे प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाकाे तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले विगतदेखि नै अमेरिकी र नेपाली सेनाबीच सद्भावना भ्रमण हुने गरेको बताउँदै दुवै देशका सेनाबीच व्यवसायिक प्रशिक्षण र सहयोग आदान प्रदान हुँदै आएको बताए । अन्य देशका सेनासँग पनि व्यवसायिक प्रशिक्षण र सहयोग आदान प्रदान हुँदै आएको उनले बताए ।

गृहमन्त्री खाणले एमसीसी र एसपीपी फरक-फरक भएको बताए । ‘केही माननीयजीले एमसीसीकै कारण एसपीपी आएको भने । दुबै एक होइनन’, उनले भने, ‘एमसीसी हामीले सुरुदेखि नै पास गर्छौ भन्यौँ, गर्‍यौं । अब एसपीपीमा नेपाल जाँदैन भनिरहेका छौँ । जाँदैन जाँदैन ।’

उनले भने– ‘हाल चर्चामा ल्याइएको अमेरिकासँगको स्टेट पार्टनरसीप कार्यक्रममा नेपाल आवद्ध हुने सरकारले कुनै निर्णय गरेको छैन र गर्ने सोच पनि राखेको छैन । स्टेट पार्टनरसीप कार्यक्रमको बारेमा धेरै कुराहरु उठेको छ, नेपाल सरकारको तर्फबाट सम्माननीय सदन समक्ष स्पष्ट पार्न चाहन्छु, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागी भएकै छैन ।’

‘नेपाल सरकारले हालसम्म एसपीपी सहभागी हुने कुनै निर्णय गरिएको छैन। कुनै आवद्धता छैन,’ उनले भने, ‘यस सम्बन्धमा निर्णय गर्ने सोच पनि राखेको छैन। नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन दिँदैन।’

यसबारे नेपाल सरकारले कुनै निर्णय नगरेको उनको दावी छ । निर्णय गर्ने सोच पनि नराखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित