Khabar Samachar

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित

201
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन्। समितिको आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। आसन्न अमेरिका भ्रमणको छलफल कार्यतालिका राखिएको थियो। आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन यसअघिको समितिको बैठकले निर्देशन दिएको थियो। त्यसपछि प्रधानमन्त्रीको अनुपस्थित बारे समितिकी सभापति पवित्रा निरौला खरेलले प्रश्न उठाइन्।

समितिकी सभापति खरेलले समितिको बैठकमा उपस्थित नभएर प्रधानमन्त्रीले समितिको अपमान गरेको बताइन्। ‘सभापतिले भनिन प्रधानमन्त्रीले समितिको अपमान गर्नुभयो,’ उनले समितिको बैठक सुरु हुनेबित्तिकै भनिन्, ‘समयमै खबर नगर्नु भनेको अपमानै हो।’

यदी प्रधानमन्त्रीले अनुपस्थित हुने जानकारी गराएको खण्डमा बैठक नराखिने समेत उनले बताइन्।

सभापतिले प्रधानमन्त्रीको बारेमा प्रश्न उठाएपछि कांग्रेस सांसद पुष्पा भुसालले प्रतिरक्षा गरेकी छिन्। भुसालले भनिन्, ‘भ्रमण तय भएपछि आउँछु भन्नू भएको छ। अहिले भ्रमण तय भइनसकेकाले नआउनु भएको हो।’

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधव कुमार नेपाल पनि बैठक सुरु नहुँदै बाहिरिएका छन्। उनी सिंहदरबारस्थित बैठकस्थलमा भने पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित