Khabar Samachar

Search
Close this search box.

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

204
VIEWS

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेटवार्ता भएको छ।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गरेका हुन्।

गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको  गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।

भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित