Khabar Samachar

Search
Close this search box.

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

206
VIEWS

एमाले सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसाबले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको अधिकार खोस्ने काम गरेको बताएका हुन्।

उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकहरुका लागि नेपालको नागरिकता प्रदान गर्न लागि परे पनि सरकारले अहिले फिर्ता लिँदा नेकपा एमाले आश्चर्यमा परेको बताए। एमाले नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भए पनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुराहरु नहेरी समर्थन नगर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित