Khabar Samachar

Search
Close this search box.

प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

1.3k
VIEWS

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।

यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।

श्रीलंकाको स्थानीय समाचार एजेन्सी न्यूजवायरले एक भिडियो जारी गरेको छ जसमा हजारौको संख्यामा प्रर्दशनकारी कोलम्बोमा राष्ट्रपति भवनमा हमला गरिरहेको देखिन्छ।

श्रीलंकाको राजधानीमा शुक्रबारको प्रस्तावित विरोध प्रदर्शन पहिले ठूलो मात्रामा सशस्त्र सैनिक र प्रहरी तैनाथ गरिएको थियो।

शनिबार बढ्दो महंगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्‍याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।

तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकार कर्प्यू हट्यो भने शनिबार विहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रकजस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।

करिव दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।

प्रदर्शनकारीलाई रोक्न सुरक्षाबल अश्रुग्यास, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । केही मानिस घाइते पनि भएका छन् । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित