Khabar Samachar

Search
Close this search box.

पाकिस्तानले काठमाडौंमा हुने महिला साफ प्रतियोगितामा भाग लिने

205
VIEWS

 

पाकिस्तान फुटबल फेडेरेसनले आगामी भदौंमा नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा खेल्न आउने जानकारि दिएको छ। नेपालमा हुने साफमा भाग लिँदै अन्तर्राष्ट्रिय फुटबलमा फर्कने जानकारी दिएको हो।

१० दिनअघि अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्न निकाय फिफाले पाकिस्तानमाथिको निलम्बन फुकुवा गरेको थियो।

जससँगै पाकिस्तानलाई अन्तर्राष्ट्रिय फुटलमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको थियो।सन् २०२४ मा आन्तरिक विवादका कारण फिफाको निलम्बनमा परेसँगै पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा पनि भाग लिन पाएको थिएन।

महिला साफ आगामी भदौ १३ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला हुनेछ।

अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो।सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको थियो। यो प्रतियोगिताको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो।

अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित