Khabar Samachar

ट्रम्पको घरमा एफबीआईको खानतलासी

201
VIEWS

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईले खानतलासी लिएको छ। एफबीआईका एजेन्टले आफ्नो सेफ समेत खोलेको ट्रम्पले बताएका छन्। 

फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो ठूलो संख्यामा एफबीआई एजेन्टले ओगटेको उनले बताएका छन्। 

सरकारी कागजपत्रको राखनधरनका विषयमा यो अनुसन्धान सुरु भएको बताइएको छ। 

‘यो हाम्रो देशका लागि अँध्यारो समय हो,’ ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्, ‘यसअघि अमेरिकाको राष्ट्रपतिलाई यस्तो कहिल्यै भएको थिएन।’

यसबारे एफबीआईले भने केही भनेको छैन।

स्रोतका अनुसार ट्रम्पको घरबाट कयौँ कागजपत्र लिइएको छ।

अमेरिकी राष्ट्रपतिहीले सबै चिठीपत्र, दस्तावेज र इमेलहरु नेसनल आर्काइभलाई हस्तान्तरण गर्नुपर्छ। गुप्त कागजातको हकमा पनि अलग्गै कानुन छ।

गत फेब्रुअरीमा नेसनल आर्काइभले ट्रम्पको घरबाट १५ बाकस कागजात फेला पारिएको बताएको थियो। जसमा गुप्त कागजात पनि भएको बताइएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित