Khabar Samachar

कंलकीको खसीबजार हटाउन काठमाडौं महानगरको निर्देशन

208
VIEWS

काठमाडौं महानगरपालिकाले कंलकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ ।

महानगरले बिहीबार एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्रमा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।

भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७ राेपनी ८ आना जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीय वासीहरूले सामूहिक उजुरी दिएका थिए ।

 

सोही अनुसार महानगरले वातावरण सम्बन्धी अध्ययन प्रतिवेदन एवं वडाबाट प्राप्त पत्र समेतको आधारमा उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको पाइएको बताएको छ ।

वस्तीको बीचमा यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११९२०ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको  सूचनामा उल्लेख छ ।

१५ दिन भित्र नहटाए कानून अनुसार हटाइने महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित