Khabar Samachar

जसपा नेता रेणुका गुरूङ राप्रपा प्रवेश

200
VIEWS

जनता समाजवादी पार्टीकी नेता रेणुका गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गुरूङलाई पार्टी प्रवेश गराएका हुन्। उनी निवर्तमान सांसद हुन्।

यस्तै पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपा प्रवेश गरेका छन्। एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी पनि शनिबार राप्रमा प्रवेश गरेकी छन्।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरूको पार्टी प्रवेशले राप्रपा जनताबीच झन् लोकप्रिय रहेको सन्देश जाने बताएका थिए।

उनले समान विचार भएका व्यक्ति वा समूहलाई राप्रपामा आउन पनि अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित