Khabar Samachar

Search
Close this search box.

कांग्रेस नेता चन्द्रमोहन यादवले बन्द सूचीबाट नाम फिर्ता लिन दिए निवेदन

205
VIEWS

पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादवले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । बरियता क्रम नमिलाई आफ्नो नाम बन्दसूचिमा राखेको भन्दै उनले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

यो कुरा उनले आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन् । ‘मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ । तर पार्टीले कायम गरेको विधि विपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकाले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु’ उनले लेखेका छन् ।डा. शेखर कोइराला पक्षाका मानिने नेता यादवको नाम धनुषा क्षेत्र नं. ४ बाट मधेशीतर्फ सिफारिस भएको थियो । उनले आफ्नो उम्मेदवारीलाई मधेसी समूहमा क्रम संख्या २ को सट्टा ३ नम्बरमा राखिएको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित