Khabar Samachar

Search
Close this search box.

काठमाडौंका एमाले उम्मेदवार

305
VIEWS

नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौंमा उम्मेदवार तय गरेको छ।

काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रमा हालै एमाले प्रवेश गरेका नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनालले पनि प्रतिनिधि सभातर्फ टिकट पाएका छन्। एमालेले खनाललाई काठमाडौं ६ नम्बर क्षेत्रमा प्रतिनिधि उम्मेदवार बनाएको हो।

त्यस्तै निर्वाचन नलड्ने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यलाई एमालेले क्षेत्र नम्बर ८ मा उम्मेदवार बनाएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने साविककै काठमाडौं-५ मा उम्मेदवार हुने भएका छन्।

त्यस्तै एमालेका सांसद रामवीर मानन्धरको क्षेत्र खोसिने भएको छ। उनको क्षेत्र काठमाडौ क्षेत्र नम्बर ७ जसपालाई दिने सहमति भएको छ। जसपाका राजेन्द्र श्रेष्ठ उक्त क्षेत्रबाट उम्मेदवार हुनेछन्।

एमालेभित्र वामदेव गौतम पक्षधर रहेको र स्थानीय निर्वाचनमा काठमाडौंका मेयर केशव स्थापितलाई असहयोग गरेको भन्दै पार्टी अध्यक्ष ओली मानन्धरसँग असन्तुष्ट रहेका थिए।

काठमाडौंमा निर्वाचन लड्न एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पनि इच्छा देखाएका छन्। उनका लागि  टिकट दिनुपर्ने अवस्था आएमा प्रतिनिधि सभाको कुनै क्षेत्र दिइनेछ।

काठमाडौंमा कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, ईश्वर पोखरेल दोहोरिएर उम्मेदवार भएका छन्। काठमाडौं क्षेत्र नम्बर १० मा भने उम्मेदवारके टुंगो नलागेको एमालेले जनाएको छ।

काठमाडौंमा एमालेका उम्मेदवार
क्षेत्र नम्बर १
प्रतिनिधि सभा- किरण पौडेल
प्रदेश सभा- आत्मराम पौडेल, गणेश दुलाल

क्षेत्र नम्बर २
प्रतिनिधि सभा- मणिराम फुयाँल
प्रदेश सभा- सानु श्रेष्ठ, सुवर्ण श्रेष्ठ

क्षेत्र नम्बर ३
प्रतिनिधि सभा- कृष्ण राई
प्रदेश सभा- रामेश्वर फुयाँल, चन्द्रमान लामा

क्षेत्र नम्बर ४
प्रतिनिधि सभा- राजन भट्टराई
प्रदेश सभा- तेज ढकाल, जयराम थापा

क्षेत्र नम्बर ५
प्रतिनिधि सभा- ईश्वर पोखरेल
प्रदेश सभा- दिपक निरौला, नारायण सिलवाल

क्षेत्र नम्बर ६
प्रतिनिधि सभा- सर्वेन्द्र खनाल
प्रदेश सभा- अमन शाक्य, निरेशलाल सिंह

क्षेत्र नम्बर ७  (रामविर मानन्धरको क्षेत्र ) जसपालाई

प्रतिनिधि सभा-
प्रदेश सभा- श्याम घिमिरे, जीवन मानन्धर

क्षेत्र नम्बर ८
प्रतिनिधि सभा- अष्टलक्ष्मी शाक्य
प्रदेश सभा- राजेश शाक्य, नाम्गेल लामा

क्षेत्र नम्बर ९
प्रतिनिधि सभा- कृष्णगोपाल श्रेष्ठ
प्रदेश सभा- हरिकृष्ण डंगोल, केशव पोखरेल

क्षेत्र नम्बर १०- बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित