Khabar Samachar

Search
Close this search box.

सत्ता गठबन्धनले बाँड्यो सिट,कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५,एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २

246
VIEWS

 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५,एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो।

गठबन्धनले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो। तर यो सूचीमा शनिबारसम्म तलमाथि हुन सक्नेछ। जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ८ देखि १० सिट दिने गरी भागवण्डा गरिएको हो।

गठबन्धनले विवाद रहेका बाँकी ४ सिटमा पनि शनिबारसम्म सहमति गर्ने भएको छ। शनिबार नै सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित