Khabar Samachar

एमालेले चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्ने

204
VIEWS

 

नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा केन्द्रीत चुनावी आमसभा सुदूरपश्चिमबाट सुरु गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते दार्चुलाबाट चुनावी राष्ट्रव्यापी अभियान सुरु गर्ने कार्यक्रम तय भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले राष्ट्रव्यापी चुनावी अभियानको तय गरेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट एमालेले चुनावी आमसभा सुरू गर्न लागेको हो । राष्ट्रव्यापी चुनावी अभियान सुरू गर्न कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओली दार्चुला पुग्ने भएका छन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अभियानकाे थालनी गर्ने जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बाेधन गरेर चुनावी अभियान थालनी भएकाे घाेषणा गर्नेछन् ।

आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’ एमाले प्रदेश सचिव धर्म पाठकले भने ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’

पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।

‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित