Khabar Samachar

Search
Close this search box.

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

201
VIEWS

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार बा२५प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।

घाइते दुवैजनाको बुटवलमा रहेको मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित