Khabar Samachar

डेंगी संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन

204
VIEWS

डेंगी संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन भएको छ।

२३ वर्षीया अधिकारी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन्।

बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।

उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ।

अध्यक्ष परमेश्वर अधिकारी र सचिव रूद्रहरि ढकालले निकालेको शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित