Khabar Samachar

बुढानीलकण्ठमा पैसा बाँड्दै एमाले, उम्मेदवारसहित नगर कमिटी अध्यक्ष रंगेहात पक्राउ

205
VIEWS

काठमाडौं । नेकपा एमालेको बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलसहित ३ जनालाई प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको छ । काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन भट्टराई र क्षेत्र नं ४ का उम्मेदवार ईश्वर पोखरेलको निर्देशनमा शुक्रबार मौन अवधिमा बुढानीलकण्ठ नगरपालिकाको विभिन्न वडामा पैसा बाँड्दै गरेका एमाले नगर कमिटी अध्यक्ष डंगोलसहितका उम्मेदवारलाई प्रहरीले काठमाडौं क्षेत्र नं ५ मा पर्ने बुढानीलकण्ठ नगरपालिकाको वडा नं ३ बाट पक्राउ गरेको हो । काठमाडौं क्षेत्र नं ४ को विभिन्न वडामा पैसा बाँडेको भनेर सूचना पाएपछि प्रहरी र स्थानीयको टोलीले उनीहरुको पिछा गरेको थियो । यसअघि काठमाडौं क्षेत्र नं ४ मा पर्ने वडा नं ११ को जगडोल, वडा नं १० को पाथीभरा बस्तीलगायतमा जनप्रतिनिधिले पैसा बाँडेको भनेर अपुष्ट समाचार आएको थियो । साँझ एमाले प्रदेशसभा उम्मेदवारसहित एकजना वडाध्यक्षलाई हात्तिगौँडाबाट पक्राउ गरेको थियो । उनीहरू पैसा बाँडिरहेको अबस्थामा पक्राउ परेको बताइएको छ । प्रहरी कार्यालयमा पुग्नु अघि स्थानीयवासीले तीनजनालाई रंगेहात समातेको लाइभ भिडियो सार्वजनिक गरेका थिए । पक्राउ पर्ने एमाले बुढानिलकण्ठ अध्यक्ष प्रदीप डंगोल, प्रदेससभा उम्मेदवार दीपक निरौला र बुनपा वडा नं ६ का वडाध्यक्ष रवि खड्का रहेका छन् । उनीहरूलाइ प्रहरीले रंगेहात पक्राउ गरेको बताइएको छ । एमाले बुढानिलकण्ठ अध्यक्ष प्रदीप डंगोलले यसअघि मानिस कुटिरहेको भिडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित