Khabar Samachar

प्रख्यात बलिउड अभिनेत्री तबस्सुमको निधन

203
VIEWS

बलिउडकी प्रख्यात अभिनेत्री तबस्सुम गोविलको शुक्रवार राति ७८ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघातका कारण उनको निधन भएको जानकारी छोरा होशाङ्ग गोविलले दिएका हुन्।

शुक्रवार राति पौने ९ बजे आसपास उनीलाई दुई पटक हृदयघात भएको थियो।

तर उनले अन्तिम संस्कारपछि मात्रै आफ्नो निधनको खबर सार्वजनिक गर्न भनेकी थिइन्। अन्तिम संस्कारपछि शनिबार उनको निधनको जानकारी परिवारले सार्वजनिक गरेका हुन्।

उनले सन् १९४७ मा बालकलाकारका रुपमा आफ्नो करिअर थालेकी थिइन्। तीन वर्षको उमेरमा पहिलो पटक स्क्रिनमा देखिएकी उनले फिल्म ‘दिदार’ मा नरगिसको बालककालको भूमिका निभाएर दर्शकको मन जितेकी थिइन्।

उनको टक शो ‘फूल खिले हैं गुलशन गुलशन’ सन् १९७२ र १९९३ बीचमा भारतमा प्रसिद्ध भएको थियो।

दूरदर्शनमा २१ वर्षसम्म चलेको टक शो ‘फूल खिले हैं गुलशन गुलशन’ मा उनले कयौँ ठूला हस्तीसँग अन्तर्वार्ता गरिन्।

पछिल्ला केही वर्षयता उनी युट्युबमा ‘तबस्सुम टकिज’ नामको एक कार्यक्रम चलाउँथिन्।

उनी हृदयघात हुनुअघिसम्म पूर्ण स्वस्थ थिइन्। उनले १० दिनअघि एक भिडिओ पनि सुटिङ गरेकी थिइन्। अर्को भिडिओ पनि सुटिङ गर्ने तयारी थियो।

उनलाई ग्यास्ट्रिकको भने समस्या थियो। त्यहीकारण उनलाई अस्पताल लगिएको थियो। अस्पतालबाट डिस्चार्ज भएर उनी घर गएकी थिइन्। तर अचानक शुक्रवार स्वास्थ्य बिग्रिएर उनलाई दुई मिनेटभित्र दुई पटक हृदयघात भएको थियो।

तबस्सुमको बिहे रामायणमा रामको भूमिका निभाउने अरुण गोविलका भाइ विजय गोविलसँग भएको थियो।

उनीहरुका एक छोरा होशाङ्ग छन्। होशाङ्ग पनि कलाकार नै हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित