नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
बिहीबार बिहान सम्पन्न मत परिणामअनुसार उनी नेकपा एमालेकी नेतृ गौरी ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
आलेले एमाले नेतृ ओलीलाई ४ हजार २०६ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले २७ हजार २१० मत प्राप्त गरी आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार निकटतम प्रतिस्पर्धी ओलीले २३ हजार ४ मत प्राप्त गरेको जानकारी दिए। स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका छन्।
Discussion about this post