Khabar Samachar

Search
Close this search box.

बढुवा भएकै दिन एआईजीलाई फुली

216
VIEWS

सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेकै दिन तीनैजनाले दर्ज्यानी चिन्ह लगाएका छन् ।वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन् । सरकारले विहीबार बिहान मात्र उनीहरूलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिको निर्णयमा असन्तुष्ट तीन डीआईजीले भने सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । उजुरी सुन्ने समितिले बढुवा समितीको सिफारिसलाई बुधबार साँझ सदर गरेपछि डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले रिट दर्ता गरेका हुन् ।सर्वोच्चले रिटमाथि सुनुवाइ गर्नु पहिले नै प्रहरी महानिरीक्षकले शैलेश थापाले चलाखी अपनाउँदै उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए।

मन्त्रि परिषद्को निर्णय भएको केही घण्टामै सर्वोच्चले छेक्ने डरले उनीहरुलाई दर्ज्यानी चिन्ह दिइएको हो।

यसअघि तीन डीआईजीले बढुवा सिफारिसविरुद्ध उजुरी सुनुवाइ समितिमा उजुरी गरेका थिए।

तर समितिले बढुवा सिफारिस समितिकै निर्णय सदर गरेको थियो। त्यसपछि उनीहरु बिहीबार सर्वोच्च पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित