Khabar Samachar

ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटियो

212
VIEWS

ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो । यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो ।

काठमाडौंमा फेला परेपछि फलो अपमा ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि कारखाना भेटेको हो।

‘सस्तो रक्सी महँगा ब्रान्डका बोतलमा राखेर बेच्ने गरेको पाइएको छ। विशेष गरेर डान्स बार, रेस्टरेन्टहरुमा त्यसलाई सप्लाई गरिँदो रहेछ’, काठमाडौं प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले भने।

प्रहरीले यसअघि पनि यस्ता कारखानामा छापा मारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित