त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।
एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी बार्गेनिङ गरेको पाइएको र प्रारम्भिक अनुसन्धानमा ठाकुरको कमजोरी देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक्सन लिएका हुन् ।
उनलाई थप कारबाहीका लागि अख्तियारमा समेत पठाउने निर्णय गरिएको छ ।
यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।
यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।
Discussion about this post