Skip to main content

Khabar Samachar

Search
Close this search box.

मधेशमा मुख्यमन्त्री प्रस्ताव स्वीकारेनौं : माधव नेपाल

209
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन् ।

शनिबार एकीकृत समाजवादी पार्टीको कोशी कमिटीले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पटकपटक मुख्यमन्त्री दिन्छौं पूरानै गठबन्धनमा आउनपर्‍यो भनेर फोन आएपनि आफूले इन्कार गरेको बताएका हुन्।

‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्  भनियो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ,’ उनले भने।

केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त नहुने पनि नेपालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित