Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल क्रिकेट संघ बिरुद्द अराजकता फैलाउन खोज्ने लाई कानुनि उपचार गरिने छ – क्यान सचिब पारस खड्का

208
VIEWS

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आधारहीन वक्तव्यहरूमार्फत आफूहरूलाई बदनाम गराउन खोजिएको गुनासो गरेका छन् । यस्तो कार्यमा क्यानकै केही सदस्य संलग्न रहेको भन्दै उनीहरुविरुद्ध कानूनी उपचार खोजिने सामाजिक सन्जालमा लेखेका छन ।

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘यद्यपि यी सबैकाबीच, संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघभित्रका केही सदस्यहरूले हर सम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद हो ।’

नेपाल क्रिकेट संघको गरिमालाई थप उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको पारसले बताएका छन् ।

‘यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौँ भन्ने सोचका साथ खेलाडी जीवनबाट संन्यास लिँदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठुलो अवसर समेत ठानेको छु,’ उनी भन्छन्, ‘यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ ।’

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन उनले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित