Skip to main content

Khabar Samachar

Search
Close this search box.

केन्द्रीय समिति बैठक लाइभ गर्न रास्वपा महामन्त्री ढकालको प्रस्ताव

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकाल बुधबारको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्।

बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले भनेका छन्।

बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए।

महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन्।

इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए।

उनले ३९ जिल्ला घुमेर प्रतिवेदन बुझाएका छन्।

गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित