Skip to main content

Khabar Samachar

Search
Close this search box.

जहाजको ककपीट कन्टेनरमा अड्किएपछि बाँचे क्याप्टेन शाक्य

211
VIEWS

सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ ।

स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।

‘हामीले क्याप्टेन शाक्यलाई कन्टेनरभित्रबाट निकालिएका हौँ’, विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले भने । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको विमान आधा मिनेट पनि नबित्दै विमानस्थलको एक छेउमा राखिएको कन्टेनरलाई धक्का दिँदै तल बजारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित