Skip to main content

Khabar Samachar

Search
Close this search box.

अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

203
VIEWS

सोमपाल कामी नायक बनेपछि नेपालले आइतबार बिहान भएको दोस्रो टी२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ ।निर्धारित २० ओभरमा नेपाल र र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए ।

त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा ६ विकेटको क्षतीमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बने । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित