Khabar Samachar

Search
Close this search box.

यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ

215
VIEWS

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो ।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्रा गौतम मिश्रले बताए ।

गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन्। तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको एसपी मिश्रको दाबी छ।

बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित