Skip to main content

Khabar Samachar

Search
Close this search box.

कालीकोटमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

208
VIEWS

कालीकोटमा आइतबार जिप दुर्घटना भएको छ। जिल्लाको पलता गाउँपालिका–३ को राडुनेटामा जिप दुर्घटनामा परेको हो।

आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।

पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।

उक्त गाडी सडकबाट लगभग डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित