कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दायर गरेको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो ।दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।
सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने लगायतका काम पुनले गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।
यही प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई, रास्वपा सभापति रवि लामिछाने, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
पुनले श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।
































Discussion about this post