राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने ती नेताले बताए ।
बैठक भर्चुअल माध्यमबाट बस्ने छ ।
बैठकमा समसामयिक परिस्थितिमा छलफल हुने उनले बताए।
रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो।
सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको थियो।






























Discussion about this post