Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले संसदबाटै मागे माफी

206
VIEWS

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति क्षमा याचना मागेका छन् ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका हुन् ।प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि उनले नाम टिपाएका थिए। सभामुखले समय दिएपछि घिमिरेले यसअघि दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी बिचार रहेको बताएका हुन्।

यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो। उनकै पार्टी कांग्रेसले पनि उनकाे आलाेचना गरेकाे थियाे।

आजको संसद् बैठकको सुरुमै बोल्दै घिमिरेले यो आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिएका हुन्। साथै उनले यो अभिव्यक्तिप्रति क्षमायाचना पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित