Skip to main content

Khabar Samachar

Search
Close this search box.

इटहरीको सेन्ट्रल प्लाजा आगलागी : १६ जनाको उद्धार

202
VIEWS

सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजाबाट १६ जनाको उद्धार भएको छ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अहिलेसम्म पाँच जना महिलासहित १६ जनाको उद्धार भएको हो।

नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ।

अहिले प्लाजाभित्र तीन जना देखिएका छन्। उनीहरूको पनि उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

अन्य मानिस पनि हुनसक्ने भएकाले सेनाको टोलीले उद्धार तथा खोजीको काम गरिरहेको छ। सेनाको टोली खोजीका लागि प्लाजा भित्र पसेको छ।

गृह मन्त्रालयकाे सचिवालयका अनुसार आगलागी भइरहेको १० तले प्लाजाको पाँचौँ र छैटौँ तलाबाट हालसम्म जम्मा ५ महिला र ११ पुरुष गरी जम्मा १६ जनाको उद्धार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित