काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिएकी छिन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै आज भन्दा ठिक एक महिनाअघि पत्र पठाएको थियो।
उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै रहेका छन्।
मेयर बालेन शाहले उनलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरे पनि नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका हुन्।
सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।
लगत्तै अहिले मेयर सुनिता डंगोलसहितको बैठक बसेको छ ।






























Discussion about this post