Khabar Samachar

दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी

212
VIEWS

गोविन्द बन्दी कानुन मन्त्री नियुक्त भएपछि दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो बन्दीलाई कानुन मन्त्री नियुक्त गर्दै यसअघि कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका बडुलाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताए । राष्ट्रपति  कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी हेरफेर गरेको उल्लेख गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानुनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका  थिए।

सांसद नरहेका बन्दीलाई देउवाले ६ महिनाका लागि मन्त्री बनाउन लागेका हुन्। संविधानमा गैरसांसद ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित