भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् ।कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको उपस्थितमा दिल्लीस्थित पार्टी मुख्यालयमा कन्हैयालाई कांग्रेसमा स्वागत गरियो। कन्हैया सन् २०१९ को लोकसभा चुनावमा कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)बाट बिहारको बेगुसरायमा उम्मेदवार बनेका थिए। कांग्रेसको सदस्यता लिएपछि कन्हैयाले देशलाई बचाउनका लागि यो पार्टीमा सामेल भएको बताए। कांग्रेसले मात्रै महात्मा गान्धी र भगत सिंहको सपना बचाउन सक्ने पनि उनले दाबी गरे। कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी नेतालाई पार्टी प्रवेश गराएकोबारे जानकारी दिएको छ । नेता गान्धीले पनि कन्हैया कुमारलाई पार्टी स्वागत गरेको भन्दै ट्वीट गरेका छन् ।पार्टी प्रवेश कार्यक्रममा कांग्रेस महासचिव केसी भेनुगोपाल र गुजरात कांग्रेस निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए।

सन् २०१७ मा भएको विधानसभा चुनावमा मेवानीले स्वतन्त्र उम्मेद्वारी दिँदै गुजरातको भादगामबाट जितेका थिए। २०१९ को लोक सभा चुनाव बेगुसाराईबाट लडेका थिए। त्यहाँ उनलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पराजित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय