Khabar Samachar

Search
Close this search box.

अदालतको अन्तरकालीन आदेशपछि बतास समूहले सञ्चालन गरेको धर्मशालाको खुल्यो ताला

209
VIEWS

शुक्रबार अदालतले पशुपति विकास कोषविरूद्ध पेशा-व्यवसायलाई अवरोध नगर्न भन्दै अन्तरकालीन आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतासले सञ्चालन गरिरहेको होटलको पक्षमा अन्तरकालीन आदेश दिएको छ।

शुक्रबार दिउँसो कोषले धर्मशालामा ताला लगाएको थियो। बतास ‍समूहले धर्मशाला छाड्न नमानेको भन्दै त्यहाँका दुई वटा मुख्य गेटमा ताला लगाइएको थियो।

अदालतको अन्तरकालीन आदेश आएसँगै सो ताला पनि खुलेको छ।

चैत १४ गते बतास समूहसँगको सम्झौता भंग गर्दै कोषले धर्मशाला छोड्न भन्दै आएको थियो।

२०७६ सालदेखि पशुपति धर्मशाला बतास समूहले सञ्चालन गर्दै आएको थियो। सम्झौताविपरीत भाडा उठाएको आरोप लागेपछि बतास समूहमाथि कोषले कारबाही अगाडि बढाएको थियो।

पशुपति विकास कोषले आफ्नो होटल बन्द गर्न लागेपछि बतास समूहले बिहीबार अदालतमा निवेदन दिएको थियो।

लिखित जवाफ माग्दै अदालतले व्यवसायमा अवरोध नगर्न भन्दै आदेश जारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित