Khabar Samachar

शशांकको निर्वाचन खर्च : ६ करोड

203
VIEWS

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएका छन् । नवलपुर–१ बाट निर्वाचित उनले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताएका हुन् ।

नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीन चोटी जितेँ । पहिलो चोटी मेरो खर्च ८० हजार थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड ।’

‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने । उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए । आफू पहिलो पटक नवलपरासीबाट प्रतिस्पर्धा गर्दा नयाँ रहेको र कसैले नचिनेको भन्दै उनले त्यसपछि झन् चुनाव खर्च घट्नुपर्नेमा अस्वाभाविक रुपमा बढेको बताए । ‘चिनिसकेपछि त झन् घट्नुप¥यो नि, मेरो चुनावीखर्च घट्दै जानुपर्ने हो, बढ्दो क्रममा छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित