Khabar Samachar

एमालेबाट इटहरी मेयरको उम्मेदवारमा द्वारिकलालसहित ६ जना सिफारिस

205
VIEWS

 

इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ।

मेयरको आकांक्षीमा बहालवाला मेयर चौधरीसहित उपमेयर लक्ष्मी गौतम समेत रहेकी छन्।

त्यसैगरि एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, प्रमुख दावेदार देखिएका छन्।

यस्तै, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस भएको छ।

यता उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ।

अम्बिका चौधरी,बिष्णु शर्मा (नेपाल),अमला श्रेष्ठ,अनिता शर्मा,संगीता चौधरी,रामचरण चौधरी,गायत्री चौधरी,रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ।

जिल्ला कमिटीबाट प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुनेछ। जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम छान्ने छ।

आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकलाल चौधरी सहित ६ जनाको नाम सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित