Khabar Samachar

Search
Close this search box.

उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्ने प्रहरीको नियन्त्रणमा

222
VIEWS

विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए ।

सोमबार प्रहरीले अदालत परिसरभित्रबाट पक्राउ गरी चलाउनेसहित ६ जनालाई केही घण्टापछि छोडेको थियो ।

आफूमाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेकोमा सरकारले सो मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनले सोमबारदेखि अनसन सुरू गरेका छन्।

उपप्राध्यापक चलाउनेमाथि त्रिवि नेविसंघ क्याम्पस इकाइका तत्कालीन अध्यक्ष हरि आचार्य र कार्यकर्ता योगेन्द्र रावलसहित रविन लामा, सयुज श्रेष्ठ तथा निरज रानामगर लगायतको समूहले आक्रमण गरेको थियो।

आक्रमणमा संलग्न भएकाहरूमाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन थियो। मुद्दाको अन्तिम पेसी यही असार ५ गतेलाई तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित