Khabar Samachar

Search
Close this search box.

सुदूरपश्चिमका कानूनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना

203
VIEWS

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना स्थलमा प्रहरी टोली गएको छ । अहिलेसम्म क्षतिको विवरण न आएपनि मन्त्री सिंहसहित गाडीमा सवार सबै जना घाइते भएको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित