Khabar Samachar

Search
Close this search box.

गायक प्रकाश सपुतमाथि बियरको बोलत प्रहार

260
VIEWS

लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ।

कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ।

सोही भिडियो सेयर गर्दै यतिबेला सामाजिक सञ्जालमा उनका सहकर्मी एवम् शुभचिन्तकले खेद प्रकट गरेका छन्। सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा स्टेजमा परदेशी चलचित्र परदेशीको गीत गाइरहेका प्रकाशमाथि दर्शकहरू रहेको भीडतर्फबाट बियरको बोलत प्रहार भएको देखिन्छ।

भिडियोमा देखिए अनुसार बियर प्रहार प्रकाशको मुख वरपरको भागमा भएको छ। त्यसलगत्तै उनी हातले मुख छोप्दै स्टेज छाड्छन्। कार्यक्रमका अतिथि र आयोजक उनको पछिपछि गएको उक्त भिडियोमा देख्न सकिन्छ।

रोमानियामा जुन २५ गते अर्थात् आइतबार उक्त कार्यक्रम भएको थियो। परदेशीको गीत ‘देशको परिस्थितिले धेरै नेपालीहरुलाई परदेशी बनायो! परदेशीहरुको प्रेमले मलाई पनि परदेशी जस्तै बनायो।’ गीत गाउन आफू त्यहाँ जाने प्रकाशले यसअघि उल्लेख गरेका थिए।

प्रकाशसँगै उक्त कार्यक्रममा लोक तथा दोहोरी गायिका प्रिति आले पनि रोमनिया जाने प्रकाश सपुतको सामाजिक सञ्जालमा उल्लेख थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित